Rule 40
मूल नियमावलीमा नियम ६२क. थप
मूल नियमावलीको नियम ६२ पछि देहायको नियम ६२क. थपिएको छ ः–
(१) ऐनको दफा ७१क. बमोजिमको बेतलवी विदा माग गर्ने
कर्मचारीले आफ्नो पति वा पत्नी विदेश स्थित नेपाली राजदूतावास वा कुनै नियोगमा
खटिई गएको प्रमाण सहित निवेदन दिनु पर्नेछ ।
(२) निजामती कर्मचारीले उपनियम (१) बमोजिमको विदा एकै पटक वा पटक
पटक गरी बढीमा पाँच वर्ष सम्म पाउनेछ ।
(३) यस नियम बमोजिमको विदा नेपाल सरकारबाट स्वीकृत हुन सक्नेछ ।”